arrow

संकटसहित उच्च ऋण जोखिममा पुग्यो माल्दिभ्स 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
maldives-mohammad-muitzu-president.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माल्दिभ्स ऋण संकटको उच्च जोखिममा पुगेको छ । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बीचमा परेको माल्दिभ्स ऋण संकटको उच्च जोखिममा पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले  जनाएको हो । 

पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरुबारे छलफल गर्न जनवरी २३ देखि फेब्रुअरी ६ सम्म माल्दिभ्सको मालेमा भ्रमण गरेपछि रिपोर्ट सार्वजनिक गरेको हो ।

माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको र सन्  २०२३ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । 

विश्वव्यापी वित्तीय एजेन्सीले इन्धनको बढ्दो मूल्य तथा व्यापक आयात मागको बीचमा सन् २०२४ मा ठूलो घाटा रहने अनुमान गरेको छ । 

महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान गरिएको छ । 

बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर आर्थिक लागतका जलवायु परिवर्तनको अत्यधिक जोखिममा  रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आईएमएफका अनुसार संकट कम गर्न सार्वजनिक वित्त तथा ऋणको दिगोपन पुनः स्थापना गर्न कडा मौद्रिक र विवेकपूर्ण नीतिसहित दिगो वित्तीय सुदृढीकरण आवश्यक छ । 

ग्लोबल फाइनान्सियल एजेन्सीले जलवायु अनुकुलन प्रयासहरुलाई समर्थन गर्न संस्थालाई बलियो बनाउन सुझाव दिएको छ । जसले अतिरिक्त जलवायु वित्तपोषणमा पहुँच वृद्धि गरी जलवायुसम्बन्धी प्रतिबद्धताहरु पूरा गर्न मद्दत गर्ने एजेन्सीले जनाएको छ ।

यद्यपि माल्दिभ्सको सबैभन्दा बढी आय हुने पर्यटन क्षेत्र एकाएक खस्कने स्थितिमा पुग्नु दुर्भाग्य बनेको छ । अहिलेको नेतृत्वले अनावश्यक विषय उठाएपछि सबैभन्दा बढी पर्यटक जाने भारतबाट कम भ्रमण हुने देखिएपछि सन् २०२४ मा पर्यटक आवागमन वृद्धि भई ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको प्रतिवेदन उल्टो हुनेसमेत खतरा बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ