arrow

इरानद्वारा इजरेलमाथि ड्रोन र मिसाइल आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
iran-drone-russia.jpg

काठमाडौँ । इरानले इजरेलमाथि दर्जनौँ ब्यालिस्टिक मिसाइल र सयौँ ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरेलभर हवाई आक्रमणको चेतावनी दिएको छ । 

जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरेलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो । 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरेलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनहरूबाट आक्रमण गरिएको थियो । 

सय बढीलाई इजरेल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए । इरानबाट इजरेलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । 

अप्रिलको शुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरेल विगत केही दिनदेखि उच्च सतर्कतामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ