arrow

बलात्कारका दोषी सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
sandeep-lamichhane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलात्कारका दोषी पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदैछ । 

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

गौशाला–२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकीर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले सुनुवाइ थालेको हो । 

सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

गएको पुस १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिबाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ