arrow

लगानी सम्मेलन चल्दै गर्दा राष्ट्रपतिले जारी गरे लगानी अध्यादेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
investment-summit-2024-mjh.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीमैत्री वातावरण निर्माणका लागि भन्दै सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बैशाख ११ गते मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ का केही व्यवस्था संशोधन गर्नेगरी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८१ सिफारिस गरेको थियो ।

शनिबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद छलेर अध्यादेश ल्याएको भन्दै यसको विरोध गरेको थियो । संसदबाट विधेयक ल्याउने पर्याप्त समय भए पनि नियमित सत्रमा विधेयक प्रस्तुत नगरेर अध्यादेश ल्याएको काँग्रेसको आरोप थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ