arrow

आईपीओमा जान खोज्दा बदनाम गर्ने कसरत

निर्वाण चौधरी सोध्छन् – वाइवाइ विश्वभर लोकप्रिय हुँदै जाँदा हाम्रो देशमा किन यस्तो प्रोपागान्डा हुन्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
nirwan-chaudhary-cg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाइवाइ चाउचाउविरुद्ध नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् । उनले वाइवाइ नेपालको गौरवसँगै विश्वका ४० देशमा प्रिय ब्राण्ड बनिसकेको अवस्थामा नेपालमा वाइवाइ ब्राण्डलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत सोमबार उनले वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरु पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर रहेको उल्लेख गर्दै खाद्य प्राविधिकहरुले वाइवाइको गुणस्तर नियमित जाँच गर्ने गरेको बताए । 

उनले लेखेका छन्, ‘वाइवाइ, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरुमा फैलिदै गएको छ । हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइवाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् । जसमा वाइवाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौँ  कि वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइवाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् । 

अचम्मकै कुरा भन्नुपर्छ, वाइवाइ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ । 

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानुन् । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ