arrow

५८ सय मतान्तरले इलाममा सुहाङ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
suhang-nembang-2081-uml-hk-design.jpg

काठमाडौँ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सुहाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार सुहाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । सुहाङ ५ हजार ८३० मतान्तरले विजयी भएका हुन् ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । 

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । 

 यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ