- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित भवन उद्घाटन भएको छ । गौरादह नगरसमितिले निर्माण सम्पन्न गरेको गौरादह नगरपालिका वडा न २ मा अबस्थित “वीपी स्मृति भवन“ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गरेका हुन् ।
सो क्रममा उनले राजनीतिक अस्थिरताका कारण नै बिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको र लगानी सम्मेलनबाट अपेक्षित परिणाम ननिस्कने बताएका हुन् ।
कोइरालाले सरकार चलाउनभन्दा निर्वाचन प्रणाली परिवर्तन गरेर राजनैतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।
दातृ राष्ट्रले कुनै पनि देशमा लगानी गर्नुपूर्व उक्त देशमा राजनैतिक स्थायित्व छ कि छैन ? उक्त देशको ऐन कानून के कस्तो छ ? सुशासनको अवस्था कस्तो छ भन्ने कुरा प्राथमिकतामा राखेर हेर्ने कोइरालाले स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालको हालको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने प्रस्टोक्ति दिँदै राजनीतिक स्थायित्व बिना आर्थिक विकास सम्भव नहुने कोइरालाले बताए ।
साथै आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको भन्दै उनले संकटको समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कांग्रेस गौरादह नगर समितिका सभापति गोपाल कोइरालाको सभापतित्वमा आयोजित नवनिर्मित बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, पूर्व संघीय सांसद महेन्द्राकुमारी लिम्बू , कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई लगायतले आफ्ना धारणा राखेका थिए ।