arrow

राप्ती प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
rapti-swstha-pratisthan.jpeg
तस्बिर – फाइल ।

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न शुरु गरिएको छ ।
 
प्रतिष्ठानका अनुसार एक हजार भन्दा बढी बिरामीको क्यान्सर भए नभएको बारेमा परीक्षण गरिएको छ । प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५ सय ९९ जना बिरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरिएको जानकारी दिए । 

प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिष्टो प्याथोलोजी (बायोप्सी) परीक्षणको सेवा शुरु भएको थियो । प्रतिष्ठानमा कार्यरत प्याथोलोजिष्ट डा. मधु सिग्देलले अघिल्लो वर्षको फागुनदेखि हाल चैतसम्म ९ सय ५७ जना बिरामीले हिष्टो प्याथोलोजीको सेवा लिएको बताए । बिरामीको अप्रेसन गर्ने क्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजी गर्ने गरिन्छ । 

त्यस्तै उनका अनुसार गएको बैशाखदेखि चैत महिनासम्ममा सुइको माध्यमबाट क्यान्सर भए नभएको पत्ता लगाउन ३ सय ९८ जना बिरामीको बायोप्सी परीक्षण गरिएको छ । 

टिचिङ हस्पिटल काठमाडौँबाट प्याथालोजीमा एममडी पास गरेका डा. सिग्देलले गएको बैशाखदेखि चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २ सय ४४ जना परीक्षण गरिएको जानकारी दिए । 

उनीसँगै काठमाडौँ मेडिकल कलेजबाट प्याथोलोजीमा एमडी गरेका डा. समीर मजगैँयासहितको स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले बायोप्सी परीक्षण गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ