arrow

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भुटानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
minbahadur-shrestha-planning-commission.jpg

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ भुटानको थिम्पु प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५ औँ बोर्ड अफ गभर्नर बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपाध्यक्ष डा श्रेष्ठ त्यसतर्फ गएका हुन् । 

इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५÷२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रुप दिनेछ ।

एक साता लामो बसाइँका क्रममा श्रेष्ठले बोर्ड बैठक पश्चात् पर्यावरणीय संरक्षणसँग सम्बन्धित विभिन्न आयोजना अवलोकन गर्ने कार्यक्रम समेत छ । ८ वटा देश सदस्य भएको इसिमोडको प्रधान कार्यालय काठमाडौंमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ