arrow

बजारमूल्य १३०० भएको एलआईसी नेपालले लगानीकर्तालाई बनायो रित्तो हात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
lic-nepal-logo.jpg

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लगानीकर्ताको हात रित्तो बनाएको छ । विदेशी ज्वाइन्ट भेञ्चरको उक्त जीवन बीमा कम्पनीले यो वर्ष लगानीकर्ताहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको हो । 

सोमबार साँझ बसेको एलआईसी नेपालको बोर्ड बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए । हाल उक्त कम्पनीको बजारमूल्य १३ सय माथि छ । महँगो मूल्य भएको उक्त कम्पनीले लगानीकर्ताको हात भने रित्तो बनाएको छ । 

त्यसो त एलआईसीले नियामक निकायले तोकेको ५ अर्ब चुक्ता पूँजी पुर्याउनसमेत सकेको छैन । अहिले उक्त कम्पनीको पूँजी २ अर्ब २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । 

तोकिएको चुक्ता पूँजी पुर्याउन अझै २ अर्ब ३५ करोड पूँजी थप्नुपर्ने अवस्था छ । यसपटक लाभांश नै नदिने घोषणा गरेको कम्पनीलाई अब उक्त पूँजी पुर्याउनै सकस हुने देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ