arrow

दोहोरो अंकले बढ्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ । ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी सेन्सेटिभ इण्डेक्स १।५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा रोकिएको छ ।

दुई कम्पनीको शेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७।६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७।२० प्रतिशतले मूल्य बढेको थियो ।

त्यसैगरी सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मुल्य ७।१८ प्रतिशतले घटेको थियो ।

फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो । 

कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ