arrow

सुहाङले जितेपछि ओली पुगे इलाम, भने-पहिचान भनेको के हो ? [भिडियो]

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
oli-at-ilam-2081.jpg

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ विजय भएपछि  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम पुगे । आज मत परिणाम सार्वजनिक भएपछि एमालेले विजयी सभा गरेको छ । सो सभामा पुगेका ओलीले  जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् । 

अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उनले कोशी प्रदेशको नामकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताए । विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले समृद्ध नेपाल: सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए ।

अध्यक्ष ओलीले भने, ‘धेरैले रुचिका साथ यो निर्वाचनलार्ई हेर्नुभयो । त्यो स्वाभाविकै थियो । अनेक प्रकारका भ्रमपूर्ण कुराहरूका अभियान चलेका थिए । कोही एमाले छोडेर गएका मान्छेहरू यतै जिल्लातिरका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए । के हो, के हो ? भन्ने पनि पर्‍यो होला । कोही कोही पहिचान भनेको के हो, के हो ? के लाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ । पहिलो पहिचान हाम्रो त्यो हो । हामी धनी भयौँ भने धनी नेपाली, गरिब भयौ भने दुनियाँले हेप्ने गरिब नेपाली । त्यही हो पहिचान । हामीले राम्रो पढ्न, लेख्न पायौँ भने विद्वान नेपाली, पढ्न, लेख्न पाएनौ भने निरक्षर बुद्धु नेपाली । कसले टेर्छ नेपालीलाई ? हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौ भने त्यसले कोही सफल हुन सक्दैन । आज सुहाङ नेम्वाङ सफल हुनु भएको छ । एक्लै वीर भएर हो र ? तमाम जनताले साथ दिएका छन् । यत्रो कार्यकर्ता पङ्क्ति लागेको छ । त्यसकारण सफल हुनुभएको हो । समूहको कारणले त्यो सम्भव भएको हो । पहिचान के हो ? भन्दा सुहाङ नेम्वाङको झन्डाको, त्यो झन्डाको अर्थ के हो ? समृद्ध नेपाल: सुखी नेपाली । समृद्ध नेपाल: सुखी नेपाली भनेपछि त्यहीँ हो पहिचान । पहिचानको कुरा होइन । त्यो त प्रदेशको नामको कुरा हो । कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम । पहिले पनि जति बेला बाँडिएको थियो, त्यसै गरी बाँडिएका हुन्थे । मेची अञ्चल थियो, कोशी अञ्चल थियो । त्यही थिएन र ? मेची अञ्चल थियो, कोशी अञ्चल थियो । बागमती अञ्चल थियो । गण्डकी अञ्चल थियो । नारायणी अञ्चल थियो । कर्णाली अञ्चल थियो । सेती अञ्चल थियो, महाकाली अञ्चल थियो । यस्तै न थिए अञ्चल । तसर्थ यो धेरै ठुलो कुरा होइन । यसलाई धेरै संवेदनशीले बनाउनुपर्ने केही पनि छैन । साझा नाम राख्दा खेरी केही पनि बिग्रिँदैन । साझा नाम राख्दा अघि सुहाङजीले भन्नुभएजस्तै हामी सयौँ थुङा फूलका एउटै माला नेपाली हौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ