arrow

उपनिर्वाचनको नतिजा

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ८४ सालसम्म ठीक हुन्छन् [भिडियो]

नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मुलधारका पार्टी हुन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
ramhari-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मुलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताए । 

उनले निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे । उनले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए । उनले उपनिर्वाचनबाट कांग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए । सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गरे ।

उनले भने – ‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ । नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली कांग्रेस र नेकपा(एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ । हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ । अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ । कांग्रेस त्यहाँ कमजोर छैन । उनहरुको माओवादी केन्द्र, नेपाल परिबार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ । हामी एक्लै सम्मानजनक रुपमा छौँ । नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ । दुई वटा पार्टी स्थापित भएका छन् । अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन् । ०८४ सालसम्म चटके ठिक हुन्छन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ