arrow

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
labour.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  

अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । 

यस दिवसको अवसरमा देशैभर विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

 सोही आन्दोलनका कारण विश्वभर मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ