arrow

सानोपाटामा आगलागी, पन्ध्र घर नष्ट, वनको आगो निभेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
fire-final.jpeg

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा  आगलागी हुँदा  १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । 

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका  रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । 

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ