arrow

जनक शिक्षाले बेच्यो १९ करोड बराबरका पाठ्यपुस्तक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
janakshikchiya-pathya-samag.jpg

जनकपुरधाम।  जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा रु १८ करोड ६७ लाख मूल्य बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ ।

नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले उक्त मूल्य बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको हो  । गत चैत १३ गतेबाट किताब बिक्री सुरु गरेको सो कार्यालयले  हालसम्म १३ लाख ५१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको हो ।
 
कार्यालय प्रमुख रुद्र खनालले नयाँ शैक्षिक सत्र सुरु भएपछि  कार्यालयले आफ्ना थोक बिक्रेतालाई सहजरुपमा पाठ्यपुस्तक उपलब्ध गराइरहेको छ ।  कार्यालयले गतवर्ष विद्यार्थी भर्नाका समयमा रु २७ करोड ६० लाख मूल्य बराबरको २१ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो ।
  
अहिले सो कार्यालयमा रु सात करोड १४ लाख मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले जानकारी दिए छ । 

कार्यालय प्रमुख खनालले  यस वर्ष पुस्तकको अभाव नहुने जानकारी दिए । सुरु सुरुमा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गरिए पनि पछिल्ला समय मधेसका जिल्लामा समयमा पाठ्यपुस्तक बिक्री वितरण गरिएको हो ।

 सो कार्यालयले आफ्ना सूचीकृत भएका ८२ पुस्तक बिक्रेतामार्फत कक्षा ५ देखि कक्षा १२ सम्मका पुस्तक बिक्री वितरण गर्दैआएको छ । कार्यालयले ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली तथा मधेस प्रदेशका जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गराउँदै आएको जनाएको छ । 

स्थानीय पालिकाले सो पुस्तकको रकम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउने तथा विद्यालयले उक्त पुस्तक आफ्ना विद्यार्थीलाई निशुल्क उपलव्ध गराउँदै आएको छ । सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि कतिपय विद्यालयले अभिभावकसँग रकम लिएर पुस्तक दिने गरेको गुनासोसमेत उठ्न थालेको जनाइएको छ ।  कार्यालय प्रमुख खनालले आफू नियमन गर्ने निकाय नभए पनि तोकिएको मूल्यभन्दा बढीमा पाठ्यपुस्तक बिक्री गरेको पाइएमा त्यस्ता बिक्रेतालाई कालोसूचीमा राखी कारबाही गरिने जानकारी दिए । अहिले मधेसका केही जिल्लामा निजी विद्यालयले ‘कमिसन’को लोभमा तोकिएको पसलबाट पुस्तक तथा पोसाक खरिद गर्न लगाउने गरेको अभिभावकको गुनासो रहेको पाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ