arrow

पोखरामा यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
majdur 1.jpg

पोखरा । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा पनि श्रमिक दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय समितिले गण्डकीले पोखरामा प्रभातफेरि सभा आयोजना गरेको छ । त्यसअघि पृथ्वीचोकस्थित हङकङ बजारबाट निकालिएको र्‍याली पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक हुँदै चिप्लेढुंगामा पुगेको थियो।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायत विभिन्न दलका नेताहरू सहभागी थिए । र्‍यालीमा सहभागी मजदुरहरुले आफ्ना हक अधिकारका नारा घन्काएका थिए ।

यस वर्ष लोकतन्त्र स्थायित्व र सामाजिक न्यायका लागि ट्रेड युनियन अधिकार तथा सबैका लागि सामाजिक न्याय र मर्यादित रोजगारी भन्ने मूल नाराका साथ श्रमिक दिवस मनाइएको हो ।

श्रमिकका मुद्धामा एकतावद्ध गर्ने प्रयास स्वरुप संयुक्त कार्यक्रम आयोजना गरिएको मजदुर नेताहरुले बताएका छन् । कार्यक्रमको नेतृत्व गर्ने पालो यस पटक नेपाल ट्रेड युनियन कांग्रेसको रहेको बताइन्छ ।

राजनीतिक दलहरुबीचमा जे भएपनि मजदुरको मुद्धामा साझा र संयुक्त कार्यक्रम अघि बढाइएको र अब यसले निरन्तरता पाउने नेताहरुको दावी छ ।

श्रमिकको अवस्था निकै विकराल, दयनीय र नाजुक रहेको भन्दै उनीहरुले श्रमिकलाई सचेतना गर्ने, कुटनीतिक प्रयासबाट समस्या समाधान गर्ने प्रयास, श्रमिककै मुद्धामा कानूनी लडाइँमा निरन्तर खटिरहेको स्पष्ट पारेका छन् ।

तस्बिरहरु

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ