arrow

गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्छ- धनराज गुरुङ [भिडियो]

जनताको भरिया हौँ भन्ने कुरा नेताहरुले नबुझिदिदाँ पनि जनताले दुःख पाए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
dhanraj-gurung-may-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् । 

बुधबार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् । 

उनले गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्ने बताए । गैरकानूनी ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरुलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए । गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोहीपनि मालिक नहुने बताए ।

उनले भने – ‘भ्रममा छौँ, सिंहदरबार पुगेपछि हामी आफैँले चलाइरहेका हुन्छौँ । श्रमिकको पसिना बिना सिंहदरबार चल्दैन । अरु ७ वटा सिंहदरबार पनि चल्दैनन् । अरु ७५३ वटा उपसिंहदरबार पनि बनाएका छौँ त्यो पनि चल्दैनन् । मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरबार चल्दैन भन्ने मान्यता बनाएर अगाडी बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ । सिंहदरबार छिरेपछि मालिक हो कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ । वास्तवमा हामी कोही मालिक होइनौँ । प्रधानमन्त्री, मन्त्री, सांसद भएपनि वा सचिवहरु, मुख्यसचिव जो–जो, जे–जे भएपनि हामी सबै श्रमिक नै हौँ । देशको श्रमिक हौँ । जनताको श्रमिक हौँ । जनताको भरिया हौँ भन्ने कुरा नेताहरुले नबुझिदिदाँ पनि जनताले दुःख पाएका छन् । श्रमिक र मजदुरले दुःख पाएका छन् । यो खास कुरा नबुझ्दाखेरी नै सुशासन कायम गर्न सकिरहेका छैनौँ । सुशासन बेगर समुन्नत नेपालको गन्तव्यमा पुग्न सकिँदैन । सुशासनका लागि दुई, चारवटा काण्डमा मुछिएकाहरुलाई कान समातेर उठबस गरेर मात्रै देश बन्दैन । गैरकानूनी कारोबारजति सबै बन्द गर्नुपर्छ । गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्छ । तबमात्रै मुलुक ठिक ढंगमा पुग्छ । ठिक ढंगले चल्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ