arrow

चीनको चाहना नेपालमा एउटै कम्युनिष्ट पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
cpc-china.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चीनले नेपालमा एउटै कम्युनिष्ट पार्टी होस भन्ने चाहेको खुलेको छ । चीन भ्रमणबाट हालै स्वदेश फर्केका नेकपा माओवादीका महासचिव देवप्रसाद गुरुङले यसको खुलासा गरेका हुन् ।  

गुरुङले उत्तरी छिमेकी चीनले नेपालमा राजनीतिक स्थिरता र कम्युनिष्ट पार्टीहरूबीच सहकार्यको चाहना राखेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले बुधबार संवाद डबलीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधैँ तत्पर रहेको बताएका छन् । 

‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ, चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ । कम्युनिस्ट पार्टीहरूबीच सहकार्य होस् भन्ने चाहना राखेको छ,’ महासचिव गुरुङले भने । 

महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । 

भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन सहयोग पुग्ने महासचिव गुरुङको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ