arrow

गृहमन्त्रीले गरे सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको सरुवा [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायबमहानिरीक्षक (डीआईजी) र १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेका छन् ।  

मंगलबारको मिति राखेर बुधबार सरुवा सूची सार्वजनिक गरिएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकै साथै डीआईजी र एसएसपीहरुको सरुवा गरेका हुन् । 

मन्त्री लामिछानेले आफूले छानीछानी सरुवा गरेका छन् । सरुवा अनुसार डीआईजी ई. किशोर प्रधानलाई नम्बर–९ पशुपति बाहिनी मुख्यालयमा सरुवा गरिएको छ । 

नम्बर–३ गढीमाई बाहिनीमा गणेश ठाडामगर, नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा अभिकुमार खत्री र नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ । नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ । 

प्रदेश–२ स्थित छिन्नमस्ता बाहिनीमा डीआईजी कालिदास धौबजीलाई पठाइएको छ । नम्बर–१ बाहिनीमा कार्यरत अन्जनी कुमार पोखरेललाई स्टाफ कलेज र पशुपति बाहिनीमा कार्यरत पुरुषोत्तम थापालाई प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६ जना र प्राविधिकतर्फ २ जना छन् । सशस्त्र प्रहरी प्रवक्तासमेत रहेका एसएसपी राजेन्द्र खड्कालाई यूएन तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ । 

रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा पठाइएको छ । 

सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ