arrow

यी हुन् इतिहासकै पहिलो 'एआई' मन्त्रालयकी प्रवक्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
ai-spokeperson-ukrine.jpg

काठमाडौँ ।  युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित प्रवक्ता प्रस्तुत गरेको छ । 

मन्त्रालयले ‘इतिहासमा पहिलो पटक’ आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग गर्ने बतायो । अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई परिचय ‘डिजिटल व्यक्ति’ का रूपमा भिक्टोरिया सी भनेर चिनाइन् । 

प्रवक्ताले आफ्नो हातले इसारा गर्छिन् र बोल्दा आफ्नो टाउको हल्लाउँछिन् । सीले दिने बयान एआईद्वारा उत्पन्न नभएर ‘वास्तविक मानिसहरूद्वारा लिखित र प्रमाणित’ गरिएको हुने विदेश मन्त्रालयको प्रेस सेवाले एएफपीलाई बताएको छ । “यो दृश्य भाग मात्र हो, यसलाई उत्पन्न गर्न एआईले हामीलाई मद्दत गर्दछ”, प्रेस सेवाले भनेको छ । 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले नयाँ प्रवक्तालाई ‘विश्वमा कुनै पनि कूटनीतिक सेवामा अहिलेसम्म नभएको प्राविधिक छलाङ’ भएको बताए । उनले प्रवक्तालाई बनाउनुको मुख्य कारण कूटनीतिज्ञहरूलाई ‘समय र स्रोतको बचत गर्नु थियो’ भने । 

सीको निर्माता द गेम चेन्जर्स नामक एक टोली रहेको छ । उक्त टोलीले युक्रेनको युद्धसँग सम्बन्धित भुर्चअल रियालिटी सामग्री पनि बनाएको छ । 

सीको उपस्थिति र आवाज रोसाली नोम्ब्रे नामक वास्तविक व्यक्तिमा मोडेल गरिएको छ । नोम्ब्रे गायिका र युक्रेनको द ब्याचलर रियालिटी सोको संस्करणमा पूर्वप्रतिस्पर्धी हुन् । नोम्ब्रेको जन्म पूर्वी युक्रेनमा अहिले रुस नियन्त्रित सहर डोनेट्स्कमा भएको थियो । 

उनको इन्स्टाग्राम एकाउन्टमा ५४ हजार फलोअर्स छन् । नोम्ब्रेले यसको प्रयोग मिश्रित नस्लका युक्रेनी र रुसी वक्ताहरूका बारेमा रूढिवादी धारणामा चर्चाका लागि गर्नुहुन्छ । नोम्ब्रेले निःशुल्क भाग लिएको मन्त्रालयले जनाएको छ । 

सी र नोम्ब्रे दुई भिन्नभिन्न मानिस भएको र एआई फिगरले मात्र आधिकारिक बयान दिने बताइएको छ । नक्कलीबाट बच्नका लागि यिनीहरूलाई मन्त्रालयको वेबसाइटमा पाठ संस्करणहरूमा लिङ्क गर्ने क्युआर कोड हुनेछ । सीले हाल विवादास्पद विषय बनेको कन्सुलर सेवाहरूमा टिप्पणी गर्नेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ