arrow

बजेट अधिवेशन बैशाख २८ देखि, बन्ला त रविको छानबिन गर्न संसदीय समिति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
Parliament_building-1619601493.png

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही बैशाख २८ गते दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि बिहीबारै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

यसअघि बैशाख २ गते हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दलले संसदीय छानबिन समिति नबनेसम्म संसद अगाडि बढ्न नदिने बताएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पछि हटेको थियो । 

समिति बनाउन भन्दा संसद अधिवेशन नै अन्त्य गर्न प्रचण्ड सरकार लागेको थियो । त्यतिमात्र नभइ लगानी सम्मेलनको लागि विधेयक संशोधन नगरी संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याइएको थियो । 

बजेट अधिवेशन बस्ने भएसँगै सरकारले कांग्रेसले राखेका माग सम्बोधन गर्छ वा जबरजस्ती अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ । किनकि रवि लामिछानेका सहकारी प्रकरणका घटना बढ्दै गइरहेका छन् । 

२८ गतेअघि नै सहमति गरी संसदीय छानबिन समिति गठन नगर्ने हो भने सरकारका लागि पनि दुर्भाग्य हुन जान्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ