arrow

विपद् व्यवस्थापनलाई लिएर समितिमा छलफल हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज विपद् व्यवस्थापनको सम्बन्धमा छलफल हुँदैछ । आज बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो विषयमा छलफल हुँदैछ । 

बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना, विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ ) सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१-०८२ का सम्बन्धमा पूर्व बजेट छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम-ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ