arrow

पचास करोडसम्मको अटोमेटिक रुट कार्यान्वयनमा, लगानी स्वीकृति लिन विभागमा जानै नपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
department-of-industry-udhyog-bibhag-उद्योग विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विदेशी लगानीको स्वीकृति स्वचालित मार्ग प्रणाली (अटोमेटिक रुट सिस्टम) बाट हुन थालेको छ । उद्योग विभागले तयार गरेको विद्युतीय प्रणाली कार्यान्वयनमा आएको हो । अब तोकिएको सीमाभन्दा कम पूँजीको स्वीकृति लिन विदेशी लगानीकर्ता नेपाल आउनु पर्दैन । 

सरकारले स्वचालित रुट प्रणालीका लागि बढीमा ५० करोड रुपैयाँ पूँजी तोकेको छ । शतप्रतिशत शेयर स्वामित्व तथा संयुक्त लगानीका नयाँ कम्पनी स्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेका भएका विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको पूँजी वृद्धि गर्नका लागि स्वचालित माध्यममार्फत निवेदन दिन सक्नेछन् । 

तर सूचना प्रविधिमा आधारित उद्योगहरूका हकमा न्यूनतम सीमा लागू नहुने जनाइएको छ । स्वचालित मार्गबाट लगानी स्वीकृत गर्न चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी आवश्यक कागजात अपलोड गरी तोकिए बमोजिमको विवरण तथा कागजात अपलोड गर्नुपर्ने विभागले जनाएको छ ।

विद्युतीय प्रणालीमा त्यस्तो कागजात राखेपछि त्यस्तो लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीमा पेश गर्नुभन्दा अघि ठीक छ वा छैन भनी जाँचबुझ गर्नुपर्छ र अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्छ । सो सँगै इमेलमा आवेदन नम्बरसहित लगानी स्वीकृत भएको जानकारी दिइन्छ ।

विदेशी लगानी स्वीकृतको जानकारी दिएपछि ऐन नियमबमोजिम नै लगानी स्वीकृत भएको मानिनेछ । तेस्रो लगानी सम्मेलनका लागि विद्युतीय प्रणाली तयार पारिएको थियो । अहिले सो प्रणाली कार्यान्वयनमा आएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ