arrow

सिप्रदियन सहायता संस्थाद्वारा पर्वत जिल्लामा विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
sipradi-csr-tuladaya-school-parbat-district.jpg

काठमाडौँ। सिप्रदी कम्पनीजीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित श्री तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि रु. ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा संस्थाका आजीवन सदस्य सावन्त जङ्ग सिजापति तथा संस्थाको प्रतिनिधिहरू रजत श्रेष्ठ र विमल गौतमको उपस्थितिमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई हस्तान्तरण गरियो।

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि गरिएको हो। 

यस संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ। साथै संस्थाले वृद्ध नागरिकहरू, नाबालक टुहुराहरू तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हरतरहबाट सेवा पुर्‍याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पूनव्र्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ