arrow

लगानी सम्मेलनको उद्घाटन सत्रमै दुईवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
investment-fncci-malaysia.jpg

काठमाडौँ । राजधानीमा आइतबारदेखि शुरु भएको नेपाल लगानी सम्मेलन २०२४ को उद्घाटन सत्रमै दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौँमा बिहान शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमै दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको हो । 

नेपालमा विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि एमओयू सम्झौता भएको हो । उक्त सम्झौतामा नेपालको बीएलसी ग्रुप र भारतको योटा डाटा सर्भिसेस इन्डियाबीच सम्झौता भएको हो । 

योटाका तर्फबासीईओ सुनिल गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ