arrow

वेष्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
nep-wi-24-05-01.jpg

काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा वेष्ट इन्डिज विजयी भएको छ । 

शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको शृङ्खलामा वेष्ट इन्डिज २ र नेपालको १ जित भएको छ ।  

खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २२७ रन बनायो ।

वेष्ट इन्डिजले दिएको बिशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९.१ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि विनोद भण्डारी १९ रन, अनिल साह १४ रन र आरिफ शेख  ३ रन, लोशेक बमले २८ रन, कुशल मल्लले २० रन बनाए। 

साथै गुल्सन झाले ६ रन, विवेक यादव ३ रन, दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । 

कमलसिंह ऐरीले  ६ रन, करण केसीले २८ रन, विनोद भण्डारीले १९ रन, अनिल साह १४ रन र आरिफ शेखले ३ रन जोडेर आउट भए।

खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २२७ रन बनायो । जोन्सन चार्लसले ६१ बलमा अविजित रहँदै ११९ रन बनाए । त्यस्तै आन्द्रे फ्लेच्चरले ३३ बलमा ५३ रन बनाए । 

कमजोर बलिङ गरेको नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए । 

चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ । 

दोस्रो खेलको नतिजाः 
 दोस्रो खेलमा वेष्ट इन्डिज १० रनले विजयी भयो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जितका लागि १६१ रनको चुनौती पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सक्यो । 

कप्तान रोहित पौडेलमात्र टिकेको खेलमा पौडेलले ४८ बलमा अविजित रहँदै ७१ रन बनाए । त्यस्तै गुल्सन झाले ११ बलमा २६, लोकेश बलमे १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा ११ रन बनाए । 

त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । वेष्ट इन्डिजका लागि गुडाकेश मोटी र अबेड म्याक्कोएले २–२ विकेट लिए । तीन खेलाडी रन आउट भए ।  

खेलमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रनमात्र बनाउन सक्यो । 

यसअघि वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो । 

आन्द्रे फ्लेटचरले ३६ बलमा ४३ रन बनाए । गुडाकेश मोटीले ८ बलमा अविजित रहँदै ३३ रन बना । त्यस्तै कप्तान रोस्टन चेजले २२ बलमा २३ रन जोडे । 

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि पहिलो खेल जितेर नेपाल निकै नै उत्साही देखिए पनि दोस्रो खेलमा भन फेरि खराब खेलेको छ । 

पहिलो खेलको नतिजाः 
शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भयो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले ११२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए । 

वेष्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेड म्याक्कोएले समान २–२ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो । 

कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो । 

आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । पहिलो खेलबाट कप्तान रोहितको लामो समयदेखि खड्किएको ब्याटिङ पनि खुलेको छ । नेपालको सबैभन्दा ठूलो ‘स्ट्रेन्थ’ बलिङ भए पनि बलिङको लय पकड्न सकेको छैन । 

पाँच खेलको टी–२० श्रृंखला खेल्न पहिलो पटक वष्ट इन्डिजको ए टिम नेपाल आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ