arrow

तयारी विश्वकपको

विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा खुशीले आँशु झर्‍यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
anilkumar-saha.jpg

काठमाडौँ । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँशु आएको बताएका छन् । शनिबार पाँचौँ तथा अन्तिम खेलमा पाहुना टोली वेष्ट इन्डिज ‘ए’ विरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिएका हुन । 

 सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुशीको क्षण रहेको र आफ्नो नाम देख्दा आँशु आएको बताए । टिममा नाम देख्ने बित्तिकै घर परिवारसँग खुशी साटेको पनि उल्लेख गरे । साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए । उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए ।

ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए । शुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो । शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे ।

विश्वकप अगाडि वेष्ट इन्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उनको विश्वास छ । पत्रकार सम्मेलनमा तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए । शृङ्खलाको दोस्रो खेलमा १६० रनको लक्ष्य चेज गर्न नसक्नुको कारण नै श्रृंखला गुमाउनु परेको सोमपालको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ