arrow

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
cit-super-khudi-agreement.jpg

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । 

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । 
 
सुपर खुदीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।

सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । 

यसअघि पनि कोषले विभिन्न कम्पनीहरूको शेयर प्रत्याभूति गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ