arrow

एमालेको पत्रकार सम्मेलन

एमालेले वर्तमान सरकारलाई निरन्तरता दिने, आइपरे कांग्रेससँग पनि मिलेर काम गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
shankar-pokhrel-12-18.jpg

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ दोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको महासचिव पोखरेलको स्पष्टीकरण थियो । 

उनले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहर्‍याए । शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लागि लालायित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा दोहोर्‍याउने सङ्कल्पका साथ नयाँ सत्तासमिकरण बनाएको उल्लेख गरे । उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि सङ्कट आइपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए ।

महासचिव पोखरेलले भने, ‘हामी सत्ताका लागि लालायित छैनौँ । पहिला पनि हामी सत्ता हाम्रो लागि प्राथमिकता होइन । मुलुकलाई सही बाटोमा दोहोर्‍याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौँ । अहिले पनि हामी नयाँ सत्ता समीकरण गर्दा खेरी पनि फलानो महत्त्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर हामीले दाबी गरेनौँ । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ दोहोर्‍याउने कुरानै प्राथमिकताको विषय हो भन्ने नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो भन्ने अर्थमा हामीले प्रस्तुत गर्ने काम गरेका छौ । कतिपयले प्रधानमन्त्रीमा आलोपालो भनेर सोध्ने गर्दछन् । हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौं । किनकि हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रूपमा भन्दै आएका छौं । र त्यही कुरामा जोड दिन चाहन्छौँ । काँग्रेससँग त हामीले स्वाभाविक रूपले जति बेला मुलुकमा लोकतन्त्रमाथि सङ्कट आउँछ, जति बेला परिवर्तनमाथि सङ्कट आउँछ । त्यति बेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ