arrow

बझाङ उपनिर्वाचनमा एमाले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
bajhang-count-11.jpg

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना शुरु भएको छ ।  छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेका दमनबहादुर भण्डारीले ७५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८० मतमात्र प्राप्त गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले ३ मत प्राप्त गरेका छन् । 

यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ