arrow

यस्तो छ इलाम २ मा रास्वपासहित जमानत जफत हुनेहरुको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
milan-limbu-rsp-ilam-81.jpg

इलाम  । इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मत परिणाम आएको छ । जसमा सुवासचन्द्र नेम्वाङका छोरा एमालेका सुहाङ नेम्वाङले चुनाव जितेका छन् । उनले २७ हजार ७७२ मत ल्याए । 

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए भने पहिचानवादी नेता डकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत ल्याए । 

१९ जना उम्मेदवार भएमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो । 

१६ जनाको जमानत जफत हुँदा रास्वपाका मिलन लिम्बू पनि परेका छन् । उनले ५ हजार ५० मत ल्याए । 

जमानत जफल हुनेहरुमा मनिबहादुर लिम्बूले ८१६, जीतबहादुर राईले ४०८, लक्ष्मी गुरुङले ४०४, रेशमबहादुर सुनारले २०६, प्रेमकुमार थाम्सुहाङले ११८, र अर्जुनबहादुर शाहीले ५५ मत ल्याए । 

त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ