arrow

इलाम २ उपनिर्वाचन

बाबुको ठाउँमा छोरा आए, अरु सबै बढारिए, रास्वपाको जमानत जफत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
suhang-nembang-2081-uml-hk-design.jpg

इलाम । इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभामा एमाले नै विजयी भएको छ । तीन दशकदेखिको विरासत जोगाउँदै सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ विजयी भएका छन् । बाबुको बिँडो थाम्ने गरी सुहाङले उपनिर्वाचन जितेका हुन् । 

सुहाङ २७ हजार ७७२ मत पाएर विजयी भएका हुन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाए । २०७९ को निर्वाचनमा खड्का बाबुसँग ११४ मत कम ल्याएर पराजित भएपछि छोराले भने ५ हजार ८३० मतान्तरले हराएका छन् ।

गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । 

अन्तिम परिणामअनुसार पहिचानवादी समूह तेस्रो शक्तिको रुपमा आएको छ । पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले ११ हजार ४५७ मत पाए ।

रास्वपासहित १६ को जमानत जफत 
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासहित १६ उम्मेदवारको जमानत जफत भएको छ । १९ जना चुनावी प्रतिस्पर्धामा रहेका बेलामा रास्वपाका मिलन लिम्बूसहित १६ को जमानत जफत भएको हो । 

उनले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधारे पनि रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने गएर चार दिन बसेको समय खेर गएको छ । 

कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो । 

जमानत जफल हुनेहरुमा मनिबहादुर लिम्बूले ८१६, जीतबहादुर राईले ४०८, लक्ष्मी गुरुङले ४०४, रेशमबहादुर सुनारले २०६, प्रेमकुमार थाम्सुहाङले ११८, र अर्जुनबहादुर शाहीले ५५ मत ल्याए । 

त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ