arrow

बझाङमा १७ सय मत गणना, कांग्रेसभन्दा एमाले दोब्बर मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
bajhang1-daman-abhishekh.jpeg

चैनपुर । बझाङ क मा भएको प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा ९एमाले० का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  तीन सय ८०, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका किशोर खड्काको नौ मत प्राप्त गरेका छन् । २८ मत बदर भएका छन् । 

चुनावी मैदानमा १२ जना रहेका छन् । यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ