arrow

टी–२० विश्वकपमा नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले गर्‍यो टोलीको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
t20-worldcup-2024.jpg

काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी–२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन २ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको टी–२० विश्वकप टिम एडेन मार्करमको कप्तानीमा घोषणा भएको हो । अन्य खेलाडीहरुमा ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, ताब्रेज शाम्शी र ट्रिस्टन स्टब्स रहेका छन् ।

रिजर्भ खेलाडीमा नान्द्रे बर्गर र लुंगी एनगिडी रहेका छन् । उनीहरु पनि टिमसँगै रहने छन् ।

दक्षिण अफ्रिका टी–२० विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपाल र दक्षिण अफ्रिकासँगै बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ । दक्षिण अफ्रिका र नेपालबीचको खेल भने जुन १५ मा हुने तालिका रहेको छ ।

खेलाडीहरुको नामावली बुधबार १ मेसम्म बुझाउनु पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ