arrow

टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
t20-worldcup-2024.jpg

काठमाडौँ । वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा भएको छ । 

आगामी जुन २ देखि शुरु हुने विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा भएको हो । 

टोलीमा आरिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कलम सिंह ऐरी रहेका छन् । 

नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् । 

नेपालले जुन ४ तारिख (जेठ २२ गते राति ९ः१५ बजे) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ । १२ जुन (बैशाख ३० गते बिहान ५ः१५ बजे) श्रीलंकासँग, १५ जुन (असार १ गते बिहान ५ः१५ बजे) दक्षिण अफ्रिकासँग र १७ जुन (असार ३ गते बिहान ५ः१५ बजे) बंगलादेशसँग खेल्नेछ । 

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न गइरहेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा पहिलो पटक नेपालले सहभागिता जनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ