arrow

टी–२० विश्वकपका लागि भारतीय टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
t20-worldcup-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपका लागि भारतीय टिमको घोषणा भएको छ । 

जुन २ तारिखदेखि हुने विश्वकपका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतीय टिमको घोषणा भएको हो । 

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएलको प्रदर्शनलाईसमेत मध्यनजर गरी टिमको घोषणा गरिएको हो । 

टिममा हार्दिक पाण्डेया (उपकप्तान), यशस्वि जैशवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु म्यामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् । 

सन्जु र ऋषभलाई आईपीएलको प्रदर्शनका आधारमा टिममा सामेल गरिएको हो । 

शुबमन गिल, खलिल अहमद, रिंकु सिंह र आवेश खान वैकल्पिक खेलाडी रहेका छन् । 

भारतको प्रतिक्षित खेल पाकिस्तानसँग ९ जुनमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ