arrow

टी–२० विश्वकप खेल्ने इङ्गल्याण्डको टिम घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
t20-worldcup-2024.jpg

काठमाडौँ । इङ्गल्याण्डले टी–२० विश्वकप क्रिकेटको टिम घोषणा गरेको छ । आगामी जुन २ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि इङ्गल्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

जोस बटलरको कप्तानीमा टिम घोषणा गरिएको हो । अन्य खेलाडीमा, मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले र मार्क वुड रहेका छन् ।

टी–२० विश्वकपको डिफेन्डिङ च्याम्पियनसमेत रहेको इङ्गल्याण्ड यस विश्वकपमा समूह बी मा रहेको छ । समूह बी मा इङ्गल्याण्डसहित अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् ।

विश्वकपमा इङल्याण्डले आफ्नो पहिलो खेल जुन ८ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ । सबै टिमले बुधबारसम्म खेलाडीहरुको नामावली सार्वजनिक गर्नुपर्नेछ ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ