arrow

नेपाल भ्रमणमा आएका तीन खेलाडी वेष्ट इन्डिजको टी–२० विश्वकपको टिममा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
t20-worldcup-2024.jpg

काठमाडौँ । वेष्ट इन्डिजले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन २ तारिख (जेठ २० गते) देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि वेष्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने वेष्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप (उपकप्तान), जोन्सन चार्लेज, रोस्टन चेज, शिमरन हिटमेयर, जासन होल्डर, शाइ होप, अकिल हुसेन, समर जोसेप, ब्राण्डन किंग, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेरफान रुथेरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् । 

हाल नेपाल टुरमा आएको वेष्ट इन्डिज ए टिमबाट विश्वकप खेल्ने टोलीमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरी तीन जना परेका छन् ।

घरेलु मैदानमा हुने यस विश्वकपमा वेष्ट इन्डिज समूह सीमा रहेको छ । यस समूहमा वेष्ट इन्डिजसँगै अफगानिस्तान, न्यूजिल्याण्ड, पपुवा न्यूगिनी र र युगाण्डा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ